अफगानिस्तानमा परीक्षण गरिएका 'झन्डै एकतिहाइ मानिसमा कोरोना', तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान | Khabarhub Khabarhub

अफगानिस्तानमा परीक्षण गरिएका ‘झन्डै एकतिहाइ मानिसमा कोरोना’, तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोनाभाइरस भेटिएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार ५०० जनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको छ ।

उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढाइदिएको पाइन्छ।

ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन।

केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए।

अफगानिस्तानमा अहिलेसम्म २,७०० जना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : २९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका