लकडाउन पुनः २ हप्ता थप्ने तयारी, संक्रमित देखिएका क्षेत्रमा थप कडाइ गरिने | Khabarhub Khabarhub

लकडाउन पुनः २ हप्ता थप्ने तयारी, संक्रमित देखिएका क्षेत्रमा थप कडाइ गरिने


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको म्याद फेरि पनि थप्ने तयारी गरेको छ ।

पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो ।

गृह मन्त्रालयका एक अधिकारीले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दै छ,’ गृह मन्त्रालयका अधिकारीले खबरहबसँग भने, ‘समितिको यसअघिको बैठकमा भएको छलफलका अनुसार हामी (गृह मन्त्रालय)ले लकडाउनको प्रभावकारिता र अपरिहार्यताका विषयमा अध्ययन गरिरहेका छौं । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो प्रतिवेदन बुझाउँछ होला । अहिलेका लागि कम्तिमा पनि २ हप्तालाई लकडाउन बढाउनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको गृह मन्त्रालयका ती अधिकारीको भनाइ छ ।

‘बाँकेमा एउटा व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिएको देखिएको छ । अहिले संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा लकडाउन खुकुलो बनाउने भन्ने हुँदैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकमा समेत लकडाउनका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउन गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री थापाले पनि कोरोना संक्रमण बढ्न नदिन लकडाउन नै प्रभावकारी विकल्प भएको र त्यसलाई कडाइका साथ पालना गरिने जनाएका थिए ।

‘आइतबारको क्याबिनेट बैठकमा लकडाउन बढाउने विषयमा सामान्य छलफल भएको थियो । अहिलेसम्मको समीक्षा र अबको कदमबारे योजना बनाउने विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ती अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दा लकडाउन बढाउनुपर्नेमा जोड दिनुभयो । जेठ १० गतेसम्म लकडाउन बढाउने विषयमा छलफल भएको थियो ।’

ती अधिकारीका अनुसार कोरोना प्रभावित क्षेत्रहरुको वर्गीकरण गर्ने विषयमा पनि मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो ।

संक्रमित देखिएको क्षेत्रलाई ‘ब्याक’, संक्रमण फैलिन सक्ने जोखिम रहेको क्षेत्रलाई रेड, संक्रमण फैलिन सक्ने, तर जोखिम व्यवस्थापन गर्न सकिने क्षेत्रलाई एल्लो र ग्रीन जोनमा विभाजन गरेर सोहीअनुसार लकडाउनलाई खुकुलो र थप कडाइ गर्ने विषयमा छलफल भएको मन्त्रिपरिषद कार्यालयका अधिकारीको भनाइ छ ।

गृह, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयले कोरोना संक्रमणको जोखिम मूल्याङ्कन गरी क्षेत्र निर्धारणका लागि संयुक्त रुपमा अध्ययन गर्ने समझदारी बनेको पनि ती अधिकारी बताउँछन् ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ७५ पुगेको छ । कोरोना संक्रमण देखिएका १६ जना उपचार पछि निको भएर घर फर्किएकामा २ जनामा पुन: स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ४४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको