कोरोनाभाइरस प्रभाव: संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित | Khabarhub Khabarhub

कोरोनाभाइरस प्रभाव: संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण विश्वभर त्रास बढिरहेका बेला आगामी सेप्टेम्बर महिनामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित बनेको छ ।

१९३ सदस्य राष्ट्र सम्मिलित महासभा बैठक आयोजना गर्ने/नगर्ने विषय यही महिनाभित्र टुंग्याइने समाचार संस्था एपीले जनाएको छ ।

महासभाका अध्यक्ष नाइजेरियाली कूटनीतिज्ञ तिजानी मोहम्मद बन्देलाई उद्धृत गर्दै एपीले जनाएअनुसार करिब ५ महिनापछि हुन गइरहेको महासभा गर्ने नगर्ने निर्णय यही महिनाभित्र लिइने छ ।

हरेक वर्ष सेप्टेम्बर महिनाको तेश्रो मंगलबार बस्ने महासभा बैठक यो वर्ष सेप्टेम्बरको २२ तारिखका दिन परेको छ ।

कोरोना भाइरसका कारण राष्ट्रसंघले अप्रिल र मे महिनाका लागि तय भएका विभिन्न कार्यक्रमहरु स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : २५ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको