लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर | Khabarhub Khabarhub

लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनकाे समयमा काेही पनि भाेकै बस्नु पर्दैन हामी साथमा छाैं भन्ने घाेषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् ।

आर्थिक अभावमा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहापाए पछि मन्त्री मानन्धरकाे माेबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए ।

केही दिन अघि काठमाडौंमा काेही समस्यामा पर्नु भयाे भने फाेन गर्नुस भनेर मन्त्रीले आफ्नाे नम्वर सार्वजनिक गरेका थिए । उक्त नम्वरमा फाेन भएकाे सवा घण्टा पछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयाेग सामाग्री बाेकेर मन्त्री मानन्धर टुप्लुक्क पुगेका थिए ।

मन्त्रीले पर्सा जिल्ला घरभइ काठमाण्डाै चन्द्रागिरि नगरपालिका -१३ मा डेरा गरि बसेका जाैआद हुसेनकाे परिवारलाई खाद्यान्न सहयाेग गरेका हुन् । दुई दिन देखि खाद्यान्न नभएर भाेकै रहेका परिवारलाई स्थानीयकाे पहलमा मन्त्री मानन्धरलाई खवर भएपछि मन्त्री स्वयं खाद्यान्न लिएर पुगेका हुन् ।

मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनकाे परिवार निक्कै भावुक बनेकाे थियाे । कामगरेकाे ठाउँमा साहुले निकालि दिएपछि खाने खर्च पनि नभएकाे गुनासाे हुसेनले मन्त्रीलाई सुनाएका थिए ।

मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्ताे भएकाे हुसेनले भावुक हुँदै सुनाए । राहत लिएर मन्त्री स्वयंकाे आगमन भएपछि स्थानीयकाे प्रतिकृया थियाे मानन्धर जस्तै मन्त्री हुने हाे भने देश विकासकाे दुरी टाढा छैन। लकडाउनकाे समयमा अप्ठ्याराेमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयाेग गर्दै आइरहेका छन् ।

यस अघि पनि एक बिरामी परिवारकाे गाडी पठाएर उद्दार गरेका थिए भने उनकाे सचिवालय अप्ठ्याराेमा परेकाे नागिरकलाई सहयाेग गर्न तदारुक्ताका साथ लागिरहेकाे छ। हुसेनकाे परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिक हरु समस्यामा परेका छन् ।

मन्त्री मानन्धरले जस्तै अन्य जनप्रतिनिधिहरुले पनि यसैगरि सहयाेग गर्ने हाे भने ती नागरिकले सरकार भएकाे अनुभूति गर्न पाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ४२ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना