कांग्रेस नेता डा. महतद्वारा स्वास्थ्य सामग्री वितरण | Khabarhub Khabarhub

कांग्रेस नेता डा. महतद्वारा स्वास्थ्य सामग्री वितरण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा मास्कलगायतका स्वास्थ्य सामग्री  वितरण गरेका छन् ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःशुल्क रुपमा मास्क बितरण गरेका हुन् । नेता महतले निर्वाचन क्षेत्र नम्बर ५ भित्र रहेका कांग्रेसका वडा सभापतिहरूमार्फत मास्क बितरण गरेका हुन् ।

वडा सभापतिहरुलाई मास्क उपलब्ध गराउँदै सहमहामन्त्री महतले सरकारले मास्क लगायत कोरोनाको संक्रमणबाट बच्ने कुनै पनि सामाग्री बितरण नगरेको प्रति दुःख व्यक्त गरे ।

उनले कोरोनाको सम्भावित जोखिम रोक्न सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ०५ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने