१४ सय ४१ को कोरोना परीक्षण गर्दा ९ जनामा पोजेटिभ, परीक्षण नै नगरिएका १२६ जना ‘रेड जोन’मा | Khabarhub Khabarhub

१४ सय ४१ को कोरोना परीक्षण गर्दा ९ जनामा पोजेटिभ, परीक्षण नै नगरिएका १२६ जना ‘रेड जोन’मा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएका ३ जनालाई सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राखिएको जनाएको छ ।

प्रयोगशालामा परीक्षणको क्रममा क्वारेन्टाइनमा रहेका २ जना पुरुष र एकजना घरमै रहेकी महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार पुष्टि भएका नयाँ संक्रमित मुम्बइबाट नेपाल फर्किका कैलालीका २१ वर्षीया पुरुष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीया पुरुष र कैलालीको धनगढी घर भएकी ३४ वर्षीया महिला गरी तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

कैलालीकी ३४ वर्षीया महिला यसअघि कोरोना संक्रमण देखिएर सेती प्रादेशिक अस्पतालमा उपचारत व्यक्तिकी आफन्त (भाउजु) हुन् । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले ४ जना कोरोना संक्रमितलाई राखिएको छ ।

यस्तै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपकल तथा सरुवा रोग अस्पतालमा २ जना र २ जना कोरोना संक्रमित बाग्लुङको अस्पतालमा उपचारत छन् । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएकोमा १ जना भने निको भएर घर गइसकेका छन् ।

६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा

कोरोना संक्रमणको आशंकाका देशभरका विभिन्न अस्पतालमा ६९जना व्यक्ति आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन माफर्त स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ५४ जना गरी ६९ जना आइसोलेसनमा रहेका जानकारी दिए ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १४ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्येमा हालम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमति मध्ये एकजना निको भइसकेका छन् भने ८ जना उपचारत छन् ।

प्रवक्ता देवकोटाले चितवन र बुटवलमा पनि भोलीदेखि कोरोना परीक्षण शुरु हुने पनि बताए । देवकोटाका अनुसार काठमाडौं उपत्यका बाहिर जनकपुर, धरान, हेटौटा, पोखरा र सुर्खेतमा पनि कोरोना परीक्षण शुरु भएको छ ।

परीक्षण नै नगरिएका १ सय २६ जना ‘रेड जोनमा’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको अति उच्च जोखिम अथार्त ‘रेड जोन’मा १ सय २६ जनामा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले नयाँ वेबसाइड तथा मोवाइल एपबाट गरिएको ‘सर्वेक्षण’का क्रममा १ सय २६ जना रेड जोनमा रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि कोरोना भाइरस (कोभिड–१९)को लक्षण पहिचान गर्ने एउटा छुट्टै वेवसाइट र मोबाइल एप प्रयोगमा ल्याएको थियो । हालसम्म ६ हजार ५ सय २७ जनाले वेवसाइट र मोबाइल एप ‘प्रयोग’ गरी आफूहरुमा देखिएको लक्षण उल्लेख गरेका छन् । जसमध्येका १ सय २६ जनामा कोरोना संक्रमणको सबै लक्षण मिल्न गएको प्रवक्ता देवकोटाले बताए ।

देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयले अहिले कोरोना भाइरस संक्रमणको लक्षण देखिएका १ सय २६ जनाको खोजी गइरहेको छ । उनीहरुको खोजी पछि सबैको नमूना परीक्षणका लागि स्वाव संकलन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ४ : ५८ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा