अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ? | Khabarhub Khabarhub

अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ?


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

  • प्रदीप ढकाल

पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु ।

शुक्रवार दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ । मेरा सहकर्मी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका छन्, यसको कारण के होला ? हो त है – हामी मनन् गर्न थाल्यौँ । ‘बढी शव आउने ठाउँ अस्पतालहरु बन्द नै छन्’, ‘अस्पतालमै धेरैको ज्यान जाने रहेछ कि क्या हो ?’ – हामीले ठट्टा गर्यौँ ।

मेरो मनमा यही कुरा खेल्न थाल्यो । कोरोना कहरका कारण चारैतिर बन्द छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । सवारी साधन निकै कम छन् । मैले ट्राफिक प्रहरी महाशाखाका एसएसपी मेरा बन्धु भीम ढकाललाई फोन गरेँ । उहाँले दिनुभएको जानकारी अनुसार औसतमा देशभरमा दैनिक ७ जना र काठमाडौँ उपत्यकामा दैनिक १ जना व्यक्तिको सवारी दुर्घटनाका कारण मृत्यु हुँदो रहेछ ।

कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ? अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधी पठाइन्छन् भन्ने पनि कतै कतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौँ ? यी प्रश्नले त झन छट्पटी गराएको छ ।

पशुपति क्षेत्रका आर्यघाट, भष्मेश्वर घाट र विद्युतीय शवदाहगृहमा गरी दैनिक २५ देखि ३५ शवहरु दहन हुन्छन् । तर अहिले दैनिक औसतमा १० देखि १५ वटा शवदहन गर्न ल्याइन्छन् । बाँकी संख्या खोइ त ?

ल दुर्घटनाबाट मृत्यु हुने १ जना घटे । टाढाटाढाबाट ल्याउने पनि ल २ जना नै मानौँ । अरु खोइ त ? मैले उपत्यकाका अन्य क्षेत्रमा साथीहरुलाई बुझ्न पठाएँ – तर त्यता पनि त्यस्तो कुनै अस्वाभाविक चाप देखिएन, बरु कम नै देखियो ।

कतै अस्पतालहरु बन्द भएकै कारण शवको संख्यामा कमी भएको त होइन ? यो प्रश्न मेरो मथिङ्गलमा नाचिरहेको छ ।

प्रदीप ढकाल

अहिले कतिपय नीजि अस्पतालहरु बन्दजस्तै छन् । मानिसहरु घरघरमै छन् । अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोको समेत उपचार गर्न नमानेका समाचारहरु आइरहेका छन् ।

सहज अवस्था हुँदा एकठाउँमा गर्नुपर्ने अपरेशन अर्को ठाउँमा गरेर विरामी मार्ने अनि जबजब समस्या पर्छ तबतब भाग्ने अस्पताल किन चाहियो ? यो प्रश्नले पनि मेरो मन खल्बलाइरहेको छ ।

कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ? अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधी पठाइन्छन् भन्ने पनि कतै कतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौँ ? यी प्रश्नले त झन छट्पटी गराएको छ ।

हामीले हाम्रो पूर्वीय दर्शनले वकालत गरेका प्राकृतिक चिकित्सा पद्धतिहरु त कम नै प्रयोग गर्छौँ । अब त्यसलाई पुनः जगाउने हो कि ?

विश्वका शक्तिशाली देशहरु नै औषधी उद्योगको प्रभावमा परिरहेको अवस्थामा अहिलेको कोरोना कहरबाट पाठ सिकेर हाम्रै पूर्वीय जीवनपद्धतिलाई जागृत गर्दै अगाडि बढ्ने हो कि ? अस्पतालभन्दा बढी विद्यालयहरु नै खोल्ने हो कि ? अस्पतालहरु पूर्णरुपमा सरकारले नै चलाउने हो कि ? चिकित्सा शिक्षा लगायत अन्य शिक्षा क्षेत्र पनि पूर्णरुपले सरकारले नै चलाउने हो कि ! हाम्रो पूर्वीय दर्शन र पद्धति सिकाएर मानिसलाई प्राकृतिक रुपमै स्वस्थ राख्ने हो भने अस्पतालको आवश्यकता कम पर्दथ्यो कि ?

प्रश्नैप्रश्नका बीचमा रुमलिइरहेको छु । उत्तर मसँग छैन ।

(ढकाल पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव हुन् ।)

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ११ : ३३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको