स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ८५० जनाको को मृत्यु | Khabarhub Khabarhub

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ८५० जनाको को मृत्यु


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ८५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार १९८ पुगेको छ ।

स्पेनमा एकैदिन ७ हजार १३४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १९ हजार १९९ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये ३० हजार ५१३ जना उपचारपछि निको भएका छन् । ६ हजार ४१६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७७ हजार ४८८ जना उपचाररत छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ ।

यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ३९ बजे

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर