दोहा शान्ति सम्झौता भएयता तालिबान लडाकुविरुद्ध अमेरिकाको पहिलो हवाई आक्रमण | Khabarhub Khabarhub

दोहा शान्ति सम्झौता भएयता तालिबान लडाकुविरुद्ध अमेरिकाको पहिलो हवाई आक्रमण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– कतारको राजधानी दोहामा शान्ति सम्झौता भएयता अमेरिकाले पहिलो पटक तालिबान लाडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अमेरिकी वायु सेनाका लडाकु विमानले अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा तालिबान लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको अफगानिस्तानस्थित अमेरिकी फौजका प्रवक्ताले जनाएका छन् । तालिबान लडाकुले सरकारी सेनामाथि आक्रमण गर्न खोजेपछि उनीहरुविरुद्ध हवाई आक्रमण गरिएको अमेरिकी फौजको भनाइ छ ।

अफगानिस्तानमा अमेरिकी फौजका प्रवक्ता कर्णेल सोनी लेगेटका अनुसार तालिबानविरुद्ध रक्षात्मक हवाई आक्रमण गरिएको हो ।

उनले अमेरिका अफगानिस्तनमा शान्ति स्थापनाका लागि प्रयासरत रहेको र तालिबानले पनि मुलुकमा हिंसा अन्त्य गर्नुपर्ने जनाएका छन् ।

तालिबान र अमेरिकाबीच गत शनिबार कतारको राजधानी दोहामा शान्ति सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक संख्या कटौती गर्ने उल्लेख थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ४२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द