कोरोना संक्रमणको सन्त्रास– कांग्रेसद्वारा सभा तथा सम्मेलनहरु स्थगित | Khabarhub Khabarhub

कोरोना संक्रमणको सन्त्रास– कांग्रेसद्वारा सभा तथा सम्मेलनहरु स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासका बीच नेपाली कांग्रेसले आफ्ना भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ ।

कोरोनाको संभावित संक्रमणबाट बच्न भन्दै सरकारले सार्वजनिक स्थानमा भिडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक अनुरोध गरेको थियो ।

संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले कोरोनाको संभावित संक्रमणको त्रासका कारण आफ्ना सबै सभा, सम्मेलन र भेलाहरु स्थगित गरेको हो ।

कांग्रेसले १४ औं महाधिवेशन लक्षित गरेर देशभर सभा तथा सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । अब, महाधिवेशनको तयारीका अन्य कार्यक्रम, सदस्यता वितरण तथा नवीकरण बाहेक सभा र सम्मेलनहरु गरिने छैनन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै ठूला सभा तथा सम्मेलनहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

नेपाली कांग्रेसले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न सतर्कता र चेतना अभियान चलाइने समेत जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : १८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द