उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन हुन्छ : श्रेष्ठ | Khabarhub Khabarhub

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन हुन्छ : श्रेष्ठ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन हुने दाबी गरेका छन् ।

राष्ट्रियसभा सदस्यको सपथ लिएपछि संसद भवन वानेश्वरमा प्रवक्ता श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टीको निर्णय प्रधानमन्त्रीको उपचारपछि बस्ने मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने बताए ।

निर्वाचित राष्ट्रियसभा सदस्यहरुको आज सपथ कार्यक्रम राखिएको भएपनि सरकारले सिफारिस नगरिसकेका कारण गौतमले आज सपथ लिन नपाएको समेत श्रेष्ठले बताए । उनले भने,‘आज वामदेव गौतम सपथका लागि उपस्थित हुनुभएन किनभने त्यसलाई मन्त्रिपरिषदले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट मनोनित हुनुपर्छ । त्यो प्रक्रिया पुरा भइसकेको छैन ।’

मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीका लागि डाक्टर युवराज खतिवडालाई सिफारिस गरेको तर वामदेब गौतमलाई सिफारिस नगर्नुको कारणबारे उनले भने,‘ अहिले सम्माननीय प्रधानमन्त्रीज्यू उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । त्यसकारण अहिले भन्न सकिएन ।’

प्रधानमन्त्रीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिन भनेर नभनेको दाबी गर्दै प्रवक्ता समेत रहेका श्रेष्ठले सिफारिस नहुने कुरा सोच्नै नसकिने समेत बताए ।

उनले भने,‘त्यसरी सोच्नै हुँदैन । पार्टीको निर्णय पार्टीकै एकजना अध्यक्ष जसले बैठकमा बसेर निर्णय भएको छ । उहाँले निर्णय लागू गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ । त्यसप्रति हाम्रो विश्वास छैन । अध्यक्ष कमरेडले औपचारिक रुपमा त्यस्तो कुनै टिप्पणी गर्नुभएको छैन । त्यसकारणले पार्टीको निर्णय कार्यान्वयन हुनेनैछ ।त्यसमा अनावश्यक बहश गर्नुपर्ने आवश्यकता छैन ।’

नेकपा सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने दाबी गर्दै श्रेष्ठले अघि भने,‘पार्टीले गरेको निर्णयलाई सकारात्मक रुपमा लिएर प्रधानमन्त्रीजीले मन्त्रिपरिषद्बाट राष्ट्रपतिज्यूकहाँ सिफारिस गर्न बाँकी छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  २ : ३८ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको