पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा | Khabarhub Khabarhub

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उनी फरार रहेका थिए । जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुसार  तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दागाई मङ्गलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

विक्रम संवत २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ५२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द