भगवान शिवको उपासना गर्दा गर्न नहुने १५ गल्ती | Khabarhub Khabarhub

भगवान शिवको उपासना गर्दा गर्न नहुने १५ गल्ती


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भगवान शिवको उपासना गर्दा हर प्रकारका कष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शिव प्रसन्न भएमा जीवनमा कुनै संकट नआउने धार्मीक मान्यता छ । करौडौ श्रद्धालु हरेक दिन भगवान शिवको पूजाआराधना गर्दछन् ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा विचार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ ।

२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन ।  तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ  । यसर्थ तिल भगवान शिवलाई चढाउनु बर्जित छ ।

३. भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

अन्यथा बेसार चढाउने ब्यक्तिको चन्द्रमा पक्ष कमजोर भई मन चञ्चल हुन्छ । कुनै पनि क्षेत्रमा परीपक्क काम गर्न सकिदैन ।

४. भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ ।  शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

५. भगवान शिवलाई नरीवल चढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन । अन्यथा धन हानी हुन्छ ।

६. भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मुसिएको चामल चढाउँनु हुँदैन ।

७. टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।

८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेको असुरको प्रतीक मानिन्छ।

९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।

११. शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पुजनका क्रममा उत्तम मानिदैन ।

१२. शिवलिंगमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्रीय रंग हो ।

१५. शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ३७ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा