‘प्रेम गीत ३’ को आकर्षक टिजर रिलिज (भिडियो) | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ को आकर्षक टिजर रिलिज (भिडियो)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गर्‍यो ।

टिजरमा पुरानो र नलेखिएको कथा भन्दै एक प्रेमकथा प्रस्तुत गरिएको छ । १ घण्टा ४५ मिनेट लामो टिजरमा फिल्मका शीर्ष कलाकारलाई स्थान दिइएको छ ।

मुस्ताङको हिमाली दृश्य देखाइएको यो फिल्म आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजरमा प्रदीप खड्कालाई केन्द्रीय भूमिकामा देखाइएको छ । उनी फिल्ममा एक योद्धाको भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्मलाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने निर्देशन चाहिँ छेतेन र सन्तोष सेनले गरेका हुन् ।

यस्तै फिल्ममा हिमाल केसीको एक्सन देख्न सकिन्छ । फिल्ममा प्रदीप खड्काका अलावा, शिव श्रेष्ठ, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : १४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न