प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ ।

बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगिएको छैन् ।

प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा नलगिएको अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले बताए ।

उनले भने, ‘केही रिपोर्टहरू आउन बाँकी छ । रिपोर्टमा केही समस्या देखियो भने फेरि अप्रेसन थिएटरबाट निकालेर टेष्ट गर्नुपर्ने भएकाले रिपोर्ट कुरेर बसेका छौं ।’

प्रधानमन्त्रीलाई भेट्न अस्पताल भित्र रहेका मन्त्रीहरूलाइ अप्रेसन थिएटरमा लैजानु अघि प्रधानमन्त्री लाई भेट्न दिइने डा खड्गाले बताए ।

प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २१ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका