अमेरिकामा कोरोनाका कारण नेपालीहरुद्वारा सार्वजनिक कार्यक्रम स्थगित | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाका कारण नेपालीहरुद्वारा सार्वजनिक कार्यक्रम स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएपछि नेपाली समुदायले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।

कोरोना संक्रमण फैलिने त्रासले अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन् ।

एनआरएनए न्युजर्सी च्याप्टरले मार्च ९ मा आयोजना गरेको कार्यक्रम स्थगित गरेको छ । न्युजर्सी च्याप्टरले जनगणना, नेपाल भ्रमणबर्ष, महिला दिवस, अमेरिकी अध्यागमन र टीपीएस लगायतका विषयमा कार्यक्रमको आयोजना तय गरेको थियो ।

एनआरएनए न्युजर्सी च्याप्टरका सचिव कृष्णराज सुवेदीले वक्तब्य जारी गरी कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण ३ हजार १ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा थप ८५१ मा संक्रमण भएपछि संक्रमितको संख्या ५ हजार १ सय ८६ पुगेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०