एसीसी इस्टर्न रिजन टी - ट्वान्टी : थाइल्याण्डलाई फराकिलो अन्तरले जित्नुपर्ने दबाबमा नेपाल | Khabarhub Khabarhub

एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : थाइल्याण्डलाई फराकिलो अन्तरले जित्नुपर्ने दबाबमा नेपाल


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा नेपालले आज  आयोजक थाइल्याण्डसँग खेल्दैछ ।

बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ८:१५ बजे सुरु हुनेछ ।

टेर्डथाई क्रिकेट मैदानमा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ । पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध फराकिले जित निकाल्नुको विकल्प छैन । नेपाललाई अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ । हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ ।

यसर्थ आजको खेलमा नेपालले आयोजकमाथि ठूलो रन रेट बनाउने लक्ष्य सहित खेल्नु पर्नेछ । नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : २९ बजे

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको