नेपालमा मात्र देखिने बनाएर बार्सिलोनाले शेयर गर्‍यो प्रियंकाको फोटो, भन्यो - वी लभ नेपाल | Khabarhub Khabarhub

नेपालमा मात्र देखिने बनाएर बार्सिलोनाले शेयर गर्‍यो प्रियंकाको फोटो, भन्यो – वी लभ नेपाल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वचर्चित फुटबल क्लब बार्सिलोनाले नायिका प्रियंका कार्कीको तस्वीर शेयर गर्दै नेपालप्रति प्रेम दर्शाएको छ । बार्सिलोनाले आफ्नो फेसबूक पेजमा ‘वी लभ नेपाल’ भन्दै नायिका प्रियंका कार्कीको तस्वीर शेयर गरेको हो ।

तर, बार्सिलोनाले यो पोस्टलाई नेपालमा मात्र देखिने गरी शेयर गरेको छ । अर्थात् यो पोस्ट विश्वभरिबाट लाइक गरेका फ्यानले देख्न पाउने छैनन् । यद्यपि नेपाली फ्यानले भने बार्सिलोनाप्रति माया दर्शाएका छन् ।

यतिबेला युरोपको भ्रमणमा रहेकी प्रियंका फुटबल हेर्नका लागि स्पेन पुगेकी थिइन् । उनले नाउ क्याप्ममा स्पेनिस ला–लिगाअन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल प्रत्यक्ष हेरेकी थिइन् ।

प्रेमी आयुष्मान देशराज जोशीसँग युरोप यात्रामा रहेकी प्रियंकाले सामाजिक सञ्जालमार्फत अपडेट दिइरहेकी थिइन् ।

सोमबार बार्सिलोनाले आफ्नो आधिकारिक फेसबूक पेजमा प्रियंकाको तस्वीर शेयर गर्दै नेपाली फ्यानप्रति माया दर्शाएको हो । क्याप्सनमा बार्सिलोनाले लेखेको छ – हामी नेपाललाई माया गर्छौं ।

नेपालमा पनि फुटबल क्लब बार्सिलोनाका हजारौं फ्यान छन् ।

सामाजिक सञ्जालमा प्रियंकाले आयुष्मानसँग घुमघामका अन्य तस्वीर पनि शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ५३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही