यो सिजनलाई सफल बनाउन सिटीले च्याम्पियन्सलिग जित्नु पर्छ – राइट | Khabarhub Khabarhub

यो सिजनलाई सफल बनाउन सिटीले च्याम्पियन्सलिग जित्नु पर्छ – राइट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस सिजनलाई सफल पार्ने हो भने म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग उपाधि जित्नु पर्ने इङ्ग्ल्यान्डका पूर्व स्टाइकर इआन राइटले बताएका छन् ।

इङ्ग्लीस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंके पछि परेको सिटीका लागि यो सिजन सफल पार्न च्याम्पियन्स लिग जित्नु पर्ने राइटले बताएका छन् ।

प्रिमियर लिगमा मात्रै १३ खेल बाँकी रहँदा शीर्ष दुई टोलीबीच फराकिलो अन्तर रहँदा उनले यस्तो भनेका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको सिटीले फेब्रुअरी २६ मा रियल मड्रिडसँग पहिलो लेग खेल्दैछ ।

‘यदि सिटीले च्याम्पिउन्स लिग उपाधि जित्न सकेन भने यो सिजन राम्रो भएन मान्नुहोस् । तर, यदि च्याम्पिय लिग जित्न सके यो सिजन ‘ग्रेट’ हुनेछ,’ राइटले बीबीसीसँग भने ।

राइटले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोनामा रहँदा २ पटक च्याम्पियन्सलिग जितेको बताउँदै उनले सिटीलाई पनि जिताउन सक्ने बताएका छन् ।

त्यसोत, ग्वार्डिओला आफैले पनि च्याम्पियन्स लिग जित्न नसके आफु असफल हुने बताइसकेका छन् ।

सिटीले अघिल्लो सिजनको प्रिमियर लिगको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको