अछाममा वडाध्यक्ष मृत भेटिए | Khabarhub Khabarhub

अछाममा वडाध्यक्ष मृत भेटिए


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।

गाई भैंसी बाँध्ने गोठ भित्रै शव भेटिएको भन्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले शव प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

हत्या नै भएको हो वा कालगतिले मृत्यु भएको भन्ने विषयमा शव परीक्षण गरे पछि मात्रै भन्न सकिने अवस्था रहेको उनले बताए । स्थानीय र मृतक वडाध्यक्षका आफन्तले भने हत्या नै भएको हुन सक्ने दाबी गरेका छन् ।

मंगलबार बिहान आफन्तले घरमा नभेटेपछि वडाध्यक्ष धामीको खोजी गरेका थिए । खोजीका क्रममा उनको शव गोठमा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


*यसअघि समाचारमा अन्य मिडियाको उद्दरण उल्लेख हुन गएकोमा क्षमाप्राथीसहित भुल सुधार गरिएको छ– सम्पादक

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ५५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न