जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा | Khabarhub Khabarhub

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो ।

अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ।

रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।

के के फाइदा हुन्छ ?

  • रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उपयोगी हुन्छ।
  • यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।
  • रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
  • जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
  • रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
  • रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : ४५ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय