कोहलपुरमा सशस्त्र प्रहरीको क्षेत्रीय स्कुल उद्घाटन | Khabarhub Khabarhub

कोहलपुरमा सशस्त्र प्रहरीको क्षेत्रीय स्कुल उद्घाटन


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका–२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्।

स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए ।

आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल सञ्चालनमा ल्याइएको हो ।’

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्र संगठनको साख रहने बताउँदै खनालले सवै राष्ट्रसेवक एक भएर अगाडी बढ्नुपर्ने बताए । ‘हामी दार्चुलाको छाङरुदेखी ताप्लेजुङको ओलाङचुङगोलासम्म उपस्थित छौं’ खनालले भने– ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा समेत संगठनले सफलता पाउँदै गएको छ ।’

स्कुल उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर एलवी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ३२ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके