किन राजेश हमालले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ? | Khabarhub Khabarhub

किन राजेश हमालले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ?


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने बहस फिल्म वृत्तमा भइरहन्छ । ठूलो जनमानसले उनलाई महानायक मान्ने गरेको छ ।

हमाललाई फिल्मका पर्दाले आम दर्शकमाझ पुर्‍यायो । फिल्मले नै उनलाई महानायकको उपाधि दियो । तर, पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न थालेपछि हमाललाई दर्शकले म्युजिक भिडियोमा सीमित भएको प्रतिक्रिया दिन थालेका छन् ।

हमालले भने आफूले प्रस्ताव आएका सबै म्युजिक भिडियोमा काम नगरेको र आफूलाई राम्रा लागेका केही भिडियोमा अभिनय गरेको बताएका छन् ।

हमालले लकडाउनयता आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले आफूलाई लोकलयका गीत मन पर्ने भएकाले लोकलयका म्युजिक भिडियोमा अभिनय गरेको बताउँछन् ।

केही दिनअघि एक कार्यक्रममा भेटिएका हमालले लकडाउनपछि एकपछि अर्को म्युजिक भिडियोमा काम गरेर रेकर्ड बनाएको प्रतिक्रिया दिए ।

‘मलाई लोकलयका गीतले आकर्षित गर्छ, त्यसैले म्युजिक भिडियोमा अभिनय गरेको हुँ,’ हमालले भने ।

नेपाली लोकसंगीतका गीत दर्शकले अत्यन्तै रुचाएको र आफूलाई गीत मन परेको गीतमा अभिनय गरेको उनले बताए ।

त्यसो त महानायकबाट मोडल भएको भन्दै हमालको टिप्पणी हुने गरेको छ । यसमा प्रतिक्रिया दिँदै हमालले भने, ‘म्युजिक भिडियोमा के खराबी छ र ? कलाकार हो, मेरो पस्केको कुरा दर्शकले हेर्नुहुन्छ भन्ने लाग्यो भने अभिनय गर्छु ।’

साथै उनले म्युजिक भिडियोमा मात्र नभएर टिभीमा तथा नाटकमा पनि काम गर्ने गरेको बताए ।

‘म्युजिक भिडियो मेरो विधा चाहिँ होइन, मुख्यतया त म चलचित्र कलाकार नै हो, बढ्ता ध्यान त त्यतै जान्छ,’ हमालले भने, ‘फेरि प्रस्ताव आएका सबै म्युजिक भिडियोमा पनि कहाँ काम गरेको छु र ? केही गीतमा त काम गरेको हुँ ।’

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०