एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित | Khabarhub Khabarhub

एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान उक्त कम्पनीले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो ।

कम्पनीले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालनगरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।

यसै क्रममा कम्पनीले कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसकाविजेताहरुलाई बैंकको वित्तीयक्षमताप्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्यांकन गरिने उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ०९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको