न्यायपालिका सुधारका लागि सरोकारवालासँग छलफल | Khabarhub Khabarhub

न्यायपालिका सुधारका लागि सरोकारवालासँग छलफल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।

सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार उच्च अदालत बागलुङसहित पर्वत, बागलुङ र म्याग्दीका जिल्ला न्यायाधीश, बार, सुरक्षा अधिकारी, कर्मचारी, पत्रकारलगायतसँग भेटेका थिए ।

अदालतमा हुने ढिलासुस्ती अन्त्य गर्ने, बिचौलियाका कारण न्याय सम्पादनमा असर परे नपरेको बुझ्ने तथा अन्य विकृति विसङ्गति के हुन सक्छन् भनेर छलफल गरेको उनले बताए । न्यायाधीश राउतले न्यायपालिकाको आस्था जोगाउन र आम जनतामा न्यायपालिकामाथिको विश्वास कायम राख्न समितिले अध्ययन, छलफल र देशव्यापीरूपमा सुझाव सङ्कलन गरेको बताए ।

“आम नागरिकको न्यायमा पहुँच बढाउन के गर्न सकिन्छ भनेर छलफल गर्दैछौँ”, राउतले भने, “नागरिकको सही दृष्टिकोणअनुसारको सुझाव पेश गर्छौँ ।” उक्त सुझावबारे सर्वोच्चको पूर्ण इजलासले छलफल गर्ने र देशभरका न्यायालयमा सुधार ल्याउने उनले बताए ।

बुधबारै उनले कर्मचारीको बैठकमा न्यायालयमा अनियमितता रोक्न आग्रह गरे । उनले कानूनअनुसारको न्यायसम्पादनको काम सफल पार्न कर्मचारीले खेल्नुपर्ने भूमिकाबारे पनि प्रष्ट पारेका थिए । अभियानका क्रममा रजिष्ट्रार लालबहादुर कुँवरले पनि देशभरको सुझावबाट निस्कने निष्कर्षको आधारमा अदालतको सुधारको कार्ययोजना बनाउने बताए ।

न्यायाधीश राउतले पत्रकारसँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ११ : १२ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै