नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष | Khabarhub Khabarhub

नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् ।

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले नेपालसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न भ्रमण गर्न लागेको बताएका हुन् ।

उनी बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आउनेछन् ।

‘म नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि खुशी छु,’ नरभणेले भनेका छन्, ‘यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’

उनले नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि आभारी रहेको बताएका छन् । त्यसैगरी नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित हुन पाउनु पनि ठूलो सम्मान भएको जनाएका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०