कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार हुँदै | Khabarhub Khabarhub

कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार हुँदै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेता विश्वकर्माको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको होस खुलेको छ  । उनको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको उनका सहयोगी टेक बहादुर विश्वकर्माले जानकारी दिए।

‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ। आजदेखि होस पनि खुलेको छ,’ उनले भने।

गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बसेका विश्वकर्मा सास फेर्न गाह्रो हुन थालेपछि वीर अस्पताल भर्ना भएका थिए।

तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ०७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को