कतारमा उत्कृष्ट काम गर्ने तीन नेपालीलाई १५ हजार कतारी रियालसहित सम्मान | Khabarhub Khabarhub

कतारमा उत्कृष्ट काम गर्ने तीन नेपालीलाई १५ हजार कतारी रियालसहित सम्मान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने तीन नेपाली श्रमिकलाई सम्मान गरेको छ ।

१० वर्ष लामो सेवामा उत्कृष्ट कार्य गरेको भन्दै कम्पनीले बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदलाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरेको हो ।

श्रमिकहरुलाई सम्मान गर्दै कम्पनीका मालिक नासर अली अल अलीले भने  “मलाई गर्व लाग्छ १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍यायो। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिवद्धतालाई जारी राख्नेछन्। ”

सम्मानित हुने तीनै जना नेपालीहरु २०१० मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत छन्।

आफूले सम्मान स्वरुप पाएको पुरस्कार पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने नेपाली श्रमिक राईले बताए । अर्का कामदार मोहम्मदले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा मानेका छन् । सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए।

‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर कम्पनीमा बसिरहु जस्तो लागेको छ ।   १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ  । एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो लागि ठूलो उपलब्धि पनि हो,’ सम्मानित भएका पुरीले भने।

१० जना कामदारलाई सुनको सिक्का

त्यसैगरी कम्पनीले अन्य १० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् ।

कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का प्रदान गरेका हुन् ।

कम्पनीले समय-समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २३ बजे

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको