चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा सोमबार बेलुकासम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन् ।

शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १०७ शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व)का रहेका छन् । त्यहाँका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो ।

यस्तै मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक/एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

जिल्लामा हालसम्म पाँच हजार ९२३ सङ्क्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ ।

देशभरको कुल सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ९८४ रहेको छ । तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो । नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए ।

चितवनमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमितको व्यवस्थित उपचारमा सहज भएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमितहरु जटिल भएपछि चितवनमा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउँछन् ।

पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : १० बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।