अस्ट्रियाको भिएनामा आतंकवादी हमला, दुईको मृत्यु | Khabarhub Khabarhub

अस्ट्रियाको भिएनामा आतंकवादी हमला, दुईको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये छ जनाको अवस्था गम्भीर रहेको भिएनाका मेयरले जनाएका छन् ।

राइफलसहित आएका व्यक्तिहरूले एकसाथ छ फरक स्थानमा गोली चलाउन थालेका थिए । लगत्तै प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन्।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तस्वीर : रोयटर्स

स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न अस्ट्रिया सरकारले आग्रह गरेको छ ।

चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सीमानामा सुरक्षा जाँच शुरू गरेको बीबीसीले जनाएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा