मोबाइल चोरी गर्ने गिरोह पक्राउ | Khabarhub Khabarhub

मोबाइल चोरी गर्ने गिरोह पक्राउ


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँचजनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् ।

प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए ।

“जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न