चाडपर्वसँगै अब गाउँघर संक्रमणको उच्च जोखिममा | Khabarhub Khabarhub

चाडपर्वसँगै अब गाउँघर संक्रमणको उच्च जोखिममा


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्व नजिकिएसँगै कोरोना भाइरस संक्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा संक्रमणको जोखिम बढ्ने भएको हो ।

अहिले धेरै संक्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर संक्रमण फैलिने खतरा रहेको छ ।

लकडाउन खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि संक्रमित संख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा संक्रमण फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् ।

विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताउँछन्नु । उनले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताउँछन् । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ शुरु हुँदैछ । त्यसलगत्तै तिहार र छठपर्व शुरु हुँदैछ ।

नेपालमा अहिले संक्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर)मा संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ ।

“यसपटक चाडपर्व हामी जहाँ छौँ, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौँ भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई संक्रमणको जोखिम हुन्छ”, श्रेष्ठले भने, “बरु यसपटक टीका नलगाए केही हुँदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।”

हिजो शुक्रबार एकैपटक दुई हजार ७२२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै एक हजार ६३८ काठमाडौँ उपत्यकाका संक्रमित रहेका छन् । हिजोको तथ्यांकले पनि अहिले सबैभन्दा बढी संक्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै २६ हजार ७४१ जना संक्रमित भइसकेका छन् ।

नेपालमा अहिले ८२ हजार ४५० संक्रमितमध्ये २१ हजार २३४ सक्रिय संक्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको र ५२० जनाको संक्रमणको कारणले निधन भएका छन् । नेपालमा निको हुने दर ७३.६ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गरेका छन् । उनले दशैँका बेला उच्च संक्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर संक्रमण सर्ने बताए ।

“दशैँको बेला कोभिड–१९ को उच्च संक्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछौँ। एकपटक सोचौँ कतै हामीले कोरोना त बोकेर गएका छैनौँ”, उनले भने, “ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरुलाई संक्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।”

मन्त्रालयका प्रवक्ता डा गौतमले दशैँमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा दुई मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरुको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दशैँमा घर जाँदा शहरबजारबाट संक्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताए । उनले दशैँमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गरे । उनले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताए ।

महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताउँछन् । उनले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिए ।

उनले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताए । उनका अनुसार यही असोज १ गतेदेखि अहिलेसम्म तीन लाख १५ हजार मानिस घर गइसकेका छन् ।रासस

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ३ : २० बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द