सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन् | Khabarhub Khabarhub

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

कोभिड–१९ सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् ।

काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ ।

प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउँछन् । “बन्दाबन्दीका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौँ खर्च लागेपनि यात्रु नहुँदा समस्यामा परेका छौँ”, उनले भने ।

सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाइ थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६०० देखि ७०० हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २०० देखि २५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताउँछन् ।

“विगतका वर्षमा दशैँको एक महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोभिड–१९ का कारण यात्रुको चाप छैन”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताए ।

“सार्वजनिक यातायातको भाडाभन्दा थोरै महङ्गो शुल्क तिरेपछि जहाजमा गन्तव्यस्थलसम्म जान पाउने भएपछि सार्वजनिक यातायातमा यात्रुको संख्या घटेको हो”, उनले भने । सरकारले सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई वेवास्ता गरेको उनको भनाइ छ ।

यस्तै, कोभिड–१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको छ । कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि नआउँदा पर्यटक बस व्यवसाय पनि सङ्कटमा परेको छ ।

टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का महासचिव दिपेन्द्र अधिकारी कोभिड–१९ अगाडि प्रत्येक दिन १०० हाराहारीमा काठमाडौँदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले तीन/चारवटा बसमात्र चलेको बताउँछन् ।

“कोभिड–१९ अगाडि दैनिक दुई/तीनहजार स्वदेशी तथा विदेशी पर्यटक पर्यटकीय बसमा आवतजावत गर्ने गरेपनि अहिले जम्मा १०० जना यात्रु मुस्किलले आवतजावत गर्छन्”, उनले भने ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डअनुसार बस सञ्चालन गर्दासमेत यात्रु नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : २९ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको