चुरे दोहन खुलेआम, जनप्रतिनिधिबीच आरोप प्रत्यारोप | Khabarhub Khabarhub

चुरे दोहन खुलेआम, जनप्रतिनिधिबीच आरोप प्रत्यारोप



झापा- तीब्र रुपमा चुरे दोहन भइरहेको बुद्धशान्ति गाउँपालिकाको टिमाई खोलामा बुधबार सुरक्षा निकायका अधिकारीसहित तीनै तहका जनप्रतिनिधिहरू दलबलका साथ पुगे ।

सुरक्षा निकायसँगको आपसी मिलेमतोमा चुरे दोहन भइरहेको आरोप लागिरहेका बेला त्यहाँ उपस्थित तीनै तहका जनप्रतिनिधिहरूले चुरे दोहन नियन्त्रण गर्ने उपाय खोज्नुको साटो एकले अर्कालाई दोषारोपण मात्र गरे ।

संघीय सांसद राम कार्की, प्रदेश सांसद गोपाल बुढाथोकी, जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल र बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलले एकले अर्कामाथि दोषारोपण गर्ने बाहेक खुलेआम भइरहेको चुरे दोहन रोक्न कुनै पनि उपाय दिन सकेनन् । जिल्लाका राजनीतिक दलका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई लिएर गएको जिम्मेवार टोलीलाई स्थानीयकबासीले चुरेको तीब्र दोहनको बारेमा ध्यानाकर्षण गराइएका थिए ।

संघीय सांसद कार्कीले चुरे दोहन रोक्न सकिएन भने तराई पनि नरहने बताए । उनले चुरे दोहन बेलैमा रोक्नु पर्नेमा जोड दिए । प्रदेश सांसद बुढाथोकीले अवैधरूपमा भइरहेको चुरे दोहन रोक्न सबैले पहल गर्नुपर्नेमा स्थानीय तहले आधिकार लिएको आरोप लगाए । उनले चुरे क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर दोहन भइरहेको भन्दै स्थानीय तहको मिलेमतोमा त्यसले प्रश्रय पाएको पनि आरोप लगाए ।

जिल्ला समन्वय समितिका संयोजक पोर्तेलले पनि स्थानीय तहकै मिलेमतोमा नदी खोलाबाट अवैध दोहन भइरहेको बताए । उनले स्थानीय तहले आफूखुशी गर्दा समस्या बढेको भन्दै स्थानीय तहबाट अनुमति लिएरै तस्करहरूले तस्करी गरिरहेको बताए ।

स्थानीय तहमाथि प्रश्न उठाइरहँदा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने दोष जति सुरक्षा निकायमाथि थोपरिदिए । उनले चुरे दोहन केही गर्दा पनि रोक्न नसकेको स्वीकार गर्दै बुद्धशान्तिमा मात्र नभएर देशभरिकै हालत त्यस्तै रहेको बताए । उनले प्रहरी प्रशासन जिल्लाले चलाउने अनि चुरे दोहन स्थानीय तहले रोक्नु पर्ने भन्दै प्रहरी आफ्नो अधिनमा भए रोकेर देखाइदिने दावी गरे । ‘के राति म अध्यक्षले लठ्ठी लिएर खोलामा बस्नु पर्ने हो ?’ उनले प्रश्न गर्दै भने, ‘हामी त विना लाठीको हवल्दार हौँ, प्रहरी प्रशासन अरुको हातमा छ. ।’

अध्यक्ष भुजेलले स्थानीय तहले मात्र चुरे दोहन रोक्न नसक्ने धारणा राखे । उनले जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मुखले मात्र बोलेर होइन, चुरे दोहन रोकेर देखाउन चुनौती दिए । पोर्तेलले बुद्धशान्ति गाउँपालिका—४ टिमाई किनारामा वातावरण प्रभाव मूल्यांकन नगरी अवैधरूपमा किन गिटी बालुवा निकाल्न दिएको भनी प्रश्न गरेका थिए ।

त्यसको जवाफमा गाउँपालिका अध्यक्ष भुजेलले केही जग्गाधनीले गाउँपालिकाको सिफारिसमा आफ्नो नम्बरी खेतबाट गिटी बालुवा निकालेको बताए ।

चुरे दोहनले गरेको क्षति

अवैधरूपमा अत्यधिक चुरे दोहन भएपछि टिमाई खोलामा क्षति बढेको छ । चुरे दोहनकै कारण टिमाई खोलाले कटान तीब्र पारेको हो । दक्षिणपट्टि खोलालाई दोहन गर्दा उत्तरपट्टि खोला गहिरिँदै गएको र कटान बढेको स्थानीय बताउँछन् ।

बढ्दो कटानका कारण मानव बस्ती जोखिममा परेको बुद्धशान्ति-५ की बासिन्दा मनु चापागाईंले बताइन् । उनले तस्करहरूले गिटी ढुङ्गा निकालिदिँदा टिमाइ खोलाले २०० वटा तारजाली बगाएर पूर्वपट्टि निकै कटान गरेको जानकारी दिइन् । सोही ठाउँकी तारा पुलामीले पहिला खोला टाढा रहेकोमा अहिले गाउँ नजिक आइपुगेको बताइन् ।

त्यसैगरी स्थानीय लालबहादुर कुमालले तारजाली भर्न थुपारेर राखेको ढुंगा समेत तस्करहरूले राति आएर लगिदिएको बताए । अर्का स्थानीय समाजसेवी बोधराज दाहालले दिउँसो चुरे दोहन नभएपनि राति दोहन गर्ने क्रम बढेको बताए । उनले जनताको अगाडि दोहन रोक्ने भन्नेले भित्रीरूपमा तस्करसँग मिलेर पैसा कमाइरहेको ठोकुवा गरे ।

अनुगमन टोलीमा नेकपाका चिन्तन पाठक, जनता समाजवादी पार्टीका अनुत राजवंशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक, डिभिजन वा कार्यालयका प्रमुख विष्णुलाल घिमिरेलगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १ : ४७ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।