केन्याकाे गुफामा भेटियो प्राचीन शिव मन्दिर (भिडियोसहित) | Khabarhub Khabarhub

केन्याकाे गुफामा भेटियो प्राचीन शिव मन्दिर (भिडियोसहित)


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केन्याको मोम्बासास्थित नियाली क्षेत्रमा रहेको एक गुफामा भगवान् शिवको प्राचीन मन्दिर भेटिएको छ । उक्त मन्दिरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बेलायतमा रहेकी एक भारतीय संगीतकार किशोरी जानीले गोम्बेश्वर गुफाको भ्रमण गरी मन्दिरको भिडियो सामाजिक सञ्जालमा राखेकी हुन् ।

कुल दुई मिनेट २० सेकेन्ड लामो भिडियोमा गुफाहरूको दृश्य देख्न पाइन्छ । त्यसमा शिवलिंग गुफामा निकै भित्र देख्न सकिन्छ । उनले मन्दिरमा पूजाआजा समेत गरेको जनाइएको छ । उनी फर्किँदै गर्दा ऊँ नमः शिवाय मन्त्र  समेत उच्चारण गरेकी छिन् ।

उक्त गुफाको मन्दिर निकै समयअघि बनाइएको जनाइन्छ ।

अफ्रिकाका एक गोठालाले आफ्नो एक गाईले डाँडाको एक विशेष ठाउँमा सधैं दूध चुहाएको याद गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बस्ने हिन्दू परिवारहरूले किन गाईले दूध चुहाएकी होलिन् भनी हेर्न खोजेको र खोज्दै जाँदा मन्दिर भेटेका थिए ।

गोठालाहरू र हिन्दू परिवारहरूले सुन्दर गुफामा शिवलिंग भेटे । यस गोप्य मन्दिरको बारेमा जानकारी भएकाहरू पूजाआजाका लागि त्यहाँ पुग्ने गरेका छन् ।

शिवजीका भक्तहरू भिडियोबाट अत्यन्तै प्रभावित भएर गोप्य मन्दिरको प्रशंसा गरिरहेका छन् । किशोरी जानीको भिडियो भारतीय लेखिका अद्वैता कालाले शेयर गरेपछि भाइरल भएको हो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार