बहराइनमा नेपालीको ज्यान गएको छैन : दूतावास | Khabarhub Khabarhub

बहराइनमा नेपालीको ज्यान गएको छैन : दूतावास


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बहराइन– बहराइनस्थित नेपाली दूतावसले बहराइनमा कोरोना भाइरसका कारण अहिलेसम्म नेपालीको ज्यान नगएको स्पष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघको तथ्यांक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको छ । जसमध्ये कति नेपाली निको भए भनेर बहराइन सरकारले जानकारी दिएको छैन । तर बहराइनमा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै छ ।

बहराइनमा अहिलेसम्म ११ हजार २८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ६७३ जना निको भइसकेका छन् ।

४ हजार ५९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३७ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो