आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई | Khabarhub Khabarhub

आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि रु एक लाख २५ हजार छ ।

बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउने म्यान्मा निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५० हजार छ ।

यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ । आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ । परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना