सुन पसल चोरी गर्ने गिरोहका ३ पक्राउ | Khabarhub Khabarhub

सुन पसल चोरी गर्ने गिरोहका ३ पक्राउ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीको गैडाकोट स्थित मोनिका सुन चांदी पसलमा चोरी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ घर भई ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने वर्ष २४ को अनुज लामा, भक्तपुर जिल्ला सूर्य विनायक ८ वस्ने वर्ष २८ को तीर्थ बहादुर रुम्बा र भक्तपुर सिपाडोल वस्ने वर्ष ४० को जित बहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाईन्ट, ६ थान मोवाईल बरामद गरेको छ ।

गत फागुन १८ गते मध्यरात गैडाकोटको कांग्रेस चोकका ब्यवसायी उमेश गहतराजको सुनचांदी पसलबाट ६९ तोला ५ लाल सुन तथा सेफ लकर चोरी भएको जाहेरी प्रहरीमा परेको थियो ।

सुनचाँदी पसलबाट चोरी भएको भनिएको सुन तथा १ किलो चाँदीका तयारी गहना र नगद ७ लाख रुपैयाँ समेत रहेको सेफ लकरका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ४६ बजे

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार