आज एकैदिन थपिए ७४० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

आज एकैदिन थपिए ७४० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमित मध्ये १३४ जना महिला र ६०६ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ४ जना महिला र १५ जना पुरुष, पर्साका एकजना पुरुष, चितवनका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौंडामा गरिएको परीक्षणमा रौतहटका एक जना महिला र २८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा अछामका ६ महिला र ६० जना पुरुष, बैतडीका ४ महिला र २८ जना पुरुष, बाजुराका १२ जना महिला र ३५ जना पुरुष, कैलालीका एकजना महिला र ८ जना पुरुष, कंचनपुरका ९ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा अछामका ९ महिला र ३७ जना पुरुष, डडेल्धुराका ६ जना महिला र २२ जना पुरुष, बाजुराका एकजना महिला र ५ जना पुरुष, कैलालीका १ जना महिला र ११ जना पुरुष, कंचनपुरका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा प्रादेशिक क्षयरोग केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका ३ जना पुरुष, तनहुँका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १४ जना पुरुष, उदयपुरका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना महिला र १० जना पुरुष, मोरङका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका ३ जना महिला र २१ जना पुरुष, सप्तरीका ८ जना पुरुष,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र १२ जना पुरुष, महोत्तरीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै नारायणी अस्पताल वीरगंजमा गरीएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका २० जना महिला र ९० जना पुरुष, बैतडीका ४ जना पुरुष, बझाङका ३ जना महिला र १० जना पुरुष, डोटीका ३ जना महिला र ८ जना पुरुष, कैलालीका २ जना महिला र ५ जना पुरुष, कंचनपुरका २ जना महिला, कपिलवस्तुका ८ जना पुरुष, नवलपरासीका एकजना महिला र ८ जना पुरुष, सर्लाहीका एकजना पुरुष र सिन्धुपाल्चोकका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका एकजना पुरुष, भेरी अस्पताल नेपालगञ्जमा सल्यानका २ जना महिला र ६ जना पुरुष, बर्दियाका २ जना महिला र ८ जना पुरुष, दैलेखका २ जना पुरुष, दाङका एकजना पुरुष, रोल्पाका एकजना पुरुष, सुर्खेतका एकजना महिला र ५ जनापुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना महिला र ४ जना पुरुष, दैलेख प्रयोगशालामा दैलेखका १० जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ६ जना महिला र २ जना पुरुष, बैतडीका २ जना महिला र २ जना पुरुष, बझाङका एकजना पुरुष, डोटीका एकजना महिला र ११ जना पुरुष, कैलालीका ७ जना महिला र २३ जनापुरुष र कंचनपुरका ५ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा २ हजार १७ जना महिला र १३ हजार २४२ जना गरी १५ हजार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज 

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. गौतमले पछिल्लो २४ घण्टामा ८२३  जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ ।

कोरोलाले ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसैगरी चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष र अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ४ : ५१ बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले