पीसीआर मेसिन किन्न रकम हस्तानान्तरण | Khabarhub Khabarhub

पीसीआर मेसिन किन्न रकम हस्तानान्तरण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड१९)बाट आक्रान्त सुदुरपश्चिम प्रदेशको डडेलधुरामा पीसीआर मेसिन किन्न संकलित रकम हस्तान्तरण गरिएको छ।

राजधानीमा शुक्रबार एक कार्यक्रम गरी मेसिन किन्न काठमाडौंमा संकलित रकम अभियानका संयोजक अमरबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो।

राजधानीमा संयोजक शाहीको नेतृत्वमा ओलम्पियन दिपक बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहितको टोली रकम संकलनमा सक्रिय भएर लागेका थिए।

१ हप्ताको छोटो समयमा राजधानीमा ८ लाख १३ हजार रुपैयाँ संकलन भएको थियो। जुन संयोजक शाहीलाई हस्तान्तरण गरिएको छ।

डडेलधुरामा पीसीआर मेसिन पुगिसकेको र आजदेखि ट्रायलसमेत सुरु भएको र आइतबारदेखि सुचारु हुने अभियानका संयोजक शाहीले बताएका छन्।

मेसिन किन्न आवश्यक पर्ने ९६ लाख संकलन भइसकेका बताइएको छ। `अहिलेसम्म ह्युम्यानिटी फाउन्डेसनको खातामा ७४ लाख १५ हजार जम्मा भइसकेको छ। रकम उपलब्ध गराउने वचनवद्वतासहित अहिलेसम्म १ करोड २० लाख पुगिसकेको छ,’ संयोजक शाहीले भने ।

सुदुरपश्चिमका नागरिक समाज र हयुम्यानीटी फाउण्डेसनको संयुक्तरूपमा अभियान सञ्चालन गरिएको थियो। अभियानबाट आएको रकम फाउन्डेसनको खातामा जम्मा गरिएको छ।

मेसिन किन्न आवश्यक रकम संकलन भइसकेको हुँदा अभियानको समापन गरिएको अभियानका संयोजक अमरबहादुर शाहीले बताए ।

‘पीसीआर मेसिन नभएर समस्या भोगिरहेका बेला यो अभियान थालिएको थियो। एक मेसिन नै किन्ने पैसा उठेको छ,’ संयोजक शाहीले भने, ‘सहयोग माग्न गाह्रो थियो। दिन सक्ने अवस्था पनि थिएन। राम्रो सोच र विश्वास रह्यो भने मान्छे सधै तयार हुन्छन् भन्ने स्पष्ट पारेको छ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : ५१ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस