धुम्बाराहीमा युवा नेताको धर्ना, एकतालाई बचाएर लैजान नेतामाथि दबाब | Khabarhub Khabarhub

धुम्बाराहीमा युवा नेताको धर्ना, एकतालाई बचाएर लैजान नेतामाथि दबाब


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

छलफलमा दुई नेताबीच पार्टी एकताको मर्म अनुसार अघि बढ्ने समझदारी भएको छ ।

बालुवाटारको बैठकअघि नेकपाका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकतालाई बचाएर लैजान नेताहरूमाथि दबाब सिर्जना गरेका थिए ।

बालुवाटारमा अध्यक्षद्वयको वार्ता चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा युवा नेताहरूले मिल्नका लागि दबाब दिएका छन् ।

केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्री, युवा संघका अध्यक्ष दीपशिखा लगायतका नेताहरू धुम्बाराहीमा भेला भएर धर्नामा बसेका हुन् ।

शनिवार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमतिका लागि अधिकतम पहल गर्ने नेताहरूले बताउँदै आएका छन् । दोस्रो तहका नेताहरुले पनि विवादको हल खोज्न भन्दै सिंगो पार्टीलाई बचाएर अघि बढाउन नेतृत्वलाई दबाब दिएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : २७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न