सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण | Khabarhub Khabarhub

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह किरा रोकथामको लागि नेपालमै बनेको ड्रोनको सफल परीक्षण गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण गरिएको हो ।

मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले जानकारी दिए ।

एकपटकमा किटनाशक औषधि बोक्ने क्षमता २५ केजी भएपनि पहिलो पटक १० केजी राखेर परीक्षण गरिएको उनले बताए ।

अहिले परीक्षण गरेको ड्रोन भर्सन वान रहेको र यसलाई भर्सन टुमा अपग्रेड गर्नको लागि बाहिरबाट मगाएको सामग्रीहरु लकडाउनले गर्दा रोकिएको उनले बताए ।

स्प्रे गर्दा ६ वटा मोटर चल्ने भएकाले यसको साउन्ड पनि ठूलो हुन्छ र जसले गर्दा सलह किरा भगाउन सकिने छ । साथै साउन्डको लागि स्पीकरलाई ड्रोनमा राखेर पनि बजाउन सकिने छ ।

मधुका ड्रोन सर्भिसेसले बनाएको यो ड्रोन सलह किरा रोकथामको लागि मात्र नभएर अन्य प्रयोजनका लागि पनि उपयोगी हुने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २५ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती