गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुग्यो


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना,  तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमित संख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित ४ महिला छन् भने बाँकी १ बालकसहित २८ जना पुरूष छन् ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) कावासोतीका १९ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरूष र २३ देखि ४० वर्षका ३ जना महिला छन् ।

यस्तै मध्यविन्दुका १० वर्षीय बालक, २४, २८ र ३३ वर्षका पुरूष तथा ३० वर्षीया महिला पनि  संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको भिमादका वर्ष २२ र ३४ का २ पुरूष तथा ऋषिङका २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरूष पनि संक्रमित भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार पर्वतको बिहादी, फलेवास र पैयुँका ३ जना पुरूष संक्रमित भएका छन् भने बाग्लुङको जैमिनीका २१ वर्ष पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ५४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र