गेटाफेविरूद्ध रियल मड्रिडको संघर्षपूर्ण जीत | Khabarhub Khabarhub

गेटाफेविरूद्ध रियल मड्रिडको संघर्षपूर्ण जीत


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेविरूद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि गएरातिको खेलमा रियलले गेटाफेलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा गेटाफेले दोस्रो हाफमा गरेको भूल नै हारको कारण बन्यो ।

७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जीत दिलाए । जीतसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

रियलको ३३ खेलमा ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक जोडेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०९ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का