नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो ।

उनमा हेमोर्‍याजिक स्ट्रोक अर्थात मष्तिस्कमा रक्तश्राव भएको थियो । उनको शल्यक्रिया भएको थियो । उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

आइसीयुमा उपचारत उनको आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना  क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ५३ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा