नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये जना १ सय ७९ पुरुष र २२ जनामहिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या२३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा एक जनाको पोजेटिभ आएको छ । उनी धनकुटा शहीदभूमी गाउँपालिकाका २७ वर्षका पुरुष हुन् ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जना ४० वर्षका पुरुष, ताप्लेजुङ शान्ति गाउँपालिकाका ३ जना क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु, झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना ३० वर्षका पुरुष रहेका छन् ।

यसैगरी पाँचथरको हिलीहाङ गाउँपालिकाका एक जना २० वर्षका पुरुष, सुनसरीमा क्वारेन्टाइनमा रहेका ७ जना पुरुषहरु रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको विन्दाबासीनी, कालिकामाई र पर्सौनीमा क्वारेन्टाइनमा रहेका ७ जना छन् ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका १ जना २४ वर्षका पुरुष र सल्यानका १९ र २४ वर्षका पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मोरङ रंगेली नगरपालिकाका क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षका पुरुषहरु, झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना १८ वर्षका पुरुष, तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीया महिला र सुनसीको बराहाक्षेत्रमा रहेको क्वारेन्टाइनमा रहेका एक जना २९ वर्षका पुरुष रहेका छन् ।

यसैगरी सेती अस्पतालको प्रयोगशालमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कैलालीको गौरीगंगा गाउँपालिका र धनगढीको क्वारेन्टाइनमा रहेका २० देखि ५१ वर्षका पुरुष र डोटीका २२ र २५ वर्षका पुरुष रहेका छन् ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये कपिलवस्तुका ६७ जना रहेका छन् । उनीहरु मायादेवि र सुद्धोधन गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

उनीहरु ११ वर्षीया बालिकदेखि ३७ वर्ष सम्मका १० जना महिला र १ वर्षका बालक देखि ८० वर्षका ५७ जना पुरुष रहेका छन् ।

यस्तै पाल्पाका २ जना २८ वर्षीया महिला र २३ वर्षीय पुरुष, रुपन्देहीको बौद्ध विश्वविद्यालय, रोहीनिहर्वा र मर्चवा आदर्श माविको क्वारेन्टाइनमा रहेका २६ जना रहेका छन् । उनीहरु ४० वर्षका महिला र १३ वर्षिय बालक देखि ५४ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै महोत्तरी मटिहानीका छन् । ४० वर्षिया महिलादेखि १५ देखि ३६ वर्षका पुरुषहरु रहेका छन् ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेख दुल्लु र नारायण नगरपालिकाका ६ जना १७ देखि ३० वर्षका पुरुष, कालिकोटका ७ जना रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु बंगलाचुली र राजपुर गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरुमध्ये एक जना ९ वर्षकी बालिका,  २७ वर्षकी महिला र अन्य १७ देखि २२ वर्ष उमेरका पुरुष रहेका छन् ।

यसैगरी प्युठानका २ जना २० र २३ वर्षका पुरुषहरु, सल्यानका २९ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये धनुषाका एक जना ३८ वर्षका पुरुष, कपिलवस्तु ओडरी माविको क्वारेन्टाइनमा रहेका २ जना ३४ र ३९ वर्षका पुरुषहरु, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन् । उनीहरु २१ देखि २७ वर्ष सम्मका महिलाहरु रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यसैगरी नवलपरासीका ८ जना १७ देखि ३४ वर्ष सम्मका पुरुषहरु, रौतहटका ११ जना रहेका छन् । उनीहरु मध्ये एक जना २७ वर्षकी महिला र २२ देखि ५० वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै, रुपन्देहीको मायादेवीमा रहेका एकजना २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार सर्लाही श्रीरामविलास प्रावि र जनता माविको क्वारेन्टाइनमा रहेका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ जना ११ वर्षकी बालिका र १६ देखि ४० वर्षका पुरुषहरु रहेका छन् । यस्तै सिन्धुपाल्चोक इन्द्रावतीका एक जना २३ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना  क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो ।

उनमा हेमोर्‍याजिक स्ट्रोक अर्थात मष्तिस्कमा रक्तश्राव भएको थियो । उनको शल्यक्रिया भएको थियो ।

उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट कोरोना पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

आइसीयुमा उपचारत उनको आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ४३ बजे

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।