जग्गा विवादमा सप्तरीमा झडप, १५ जना घाइते, ८ राउण्ड हवाई फायर | Khabarhub Khabarhub

जग्गा विवादमा सप्तरीमा झडप, १५ जना घाइते, ८ राउण्ड हवाई फायर


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रवक्ता भारतीका अनुसार, जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १२ : २५ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई