भिटिएम नहुँदा रूकुम पश्चिममा स्वाव संकलन हुन सकेन | Khabarhub Khabarhub

भिटिएम नहुँदा रूकुम पश्चिममा स्वाव संकलन हुन सकेन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – कोरोना भए नभएका बारेमा पत्ता लगाउन गरिने पीसीआर टेष्टका लागि व्यक्तिको स्वाव संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम(पश्चिम)मा स्वाब संकलनमा समस्या भएको छ ।
भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिए पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन ।
हाल जिल्लाका ६ स्थानीय तहमा क्वारेन्टाइनमा एक हजार ३०२ जना रहेकामा तीमध्ये निकै कमको मात्र स्वाब संकलन गरिएको छ । अहिलेसम्म क्वारेन्टिनमा रहेका २७७ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबीसकोट नगरपालिकाका ६२, मुसीकोट नगरपालिकाका ३२ तथा सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा भिटिएम नहुँदा क्वारेन्टिनमा रहेका एक हजार २५ जनाको भने अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
शुरुमा प्रदेशले पठाएका केही भिटिएमबाट स्वाब संकलन गरिएकामा त्यसपछि स्वास्थ्य सेवा कार्यालयले खरीद गरेका भिटिएमबाट स्वाब संकलन गरिएको थियो ।

कार्यालयले खरीद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका, तिनीहरुको सम्पर्कमा रहेका र देशका विभिन्न ठाउँबाट आएका व्यक्तिको स्वाब संकलन गरिएकामा अहिले भिटिएम नरहेको फोकल पर्सन रावलको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहले भिटिएम खरीद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।

जिल्लाका लागि ठूलो मात्रामा भिटटिएम खरीद प्रक्रिया चलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरीद गर्न लागेको र जिल्लाका स्थानीय तहले पनि भिटिएम खरीद गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागिएको बताए । नगरमा करीब तीन सय व्यक्ति क्वारेन्टिनमा छन् । तीमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ८ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६