नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि | Khabarhub Khabarhub

नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार जेठ १६ मा १ हजार २१२, जेठ १७ मा १ हजार ४०१, जेठ १८ मा १ हजार ७७८, जेठ १९ मा १ हजार ८११ र जेठ २० मा २०९९ संक्रमित पुगेका छन् ।

कुल संक्रमित मध्येमा १ हजार ९४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। मंगलबार पर्वतमा पनि संक्रमण देखिएपछि नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ११ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको