साउदीमा कोरोनाको संक्रमणबाट १८४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित | Khabarhub Khabarhub

साउदीमा कोरोनाको संक्रमणबाट १८४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ ।

आइतबार थप ८ जनाको मृत्यु भएसँगै साउदीमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको हो । आइतबार साँझ तसमाचार तयार पार्दासम्म थप १ हजार ५५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार ११ पुगेको हो ।

हालसम्म साउदीमा ४ हजार १३४ जना संक्रमित उपचारपछि निको भएका छन् भने २२ हजार ६९३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितममध्य १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण नेपाली दूतावासले उनीहरुलाई सुरक्षित रहन अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ११ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा